Wednesday, March 18, 2009

तीन वर्षपछि उनीहरुकै खोजीमा

२०६२ सालको बैशाख महिनामा एउटा अन्तराष्ट्रिय टेलिभिजन च्यानल अलजजिराका लागी केही दिन काम गरेको थिए । हाम्रो युनिटमा निर्देशक सुविना श्रेष्ठक्यामारापर्शन एलेक्स र म थियौ । यसपाली क्यामारपर्शन फेरिएका छन । उतिबेला दाङ्ग र काठमाण्डौका केही स्थानमा हामीले चुलो चोली र बन्दुक (A Stove, A Blouse and A Gun) नामक वृतचित्रको छायाङक्न गरेका थियौ । यो वृतचित्र माओवादी आन्दोलनमा महिला सहभागीताका र उनीहरुको अबस्थाका बिषयमा केन्द्रित थियो । काठमाण्डौ लगायतका ठाँउमा मात्र नभएर यो वृतचित्र दक्षिण एसियाका धेरै शहर हुदै युरोपसम्म प्रर्दशनी भएको छ । टेलिभिजनबाट प्रशारण हुदाँ हेर्नेहरुको सख्या त आफ्नै छदैछ ।...