Wednesday, March 18, 2009

तीन वर्षपछि उनीहरुकै खोजीमा

२०६२ सालको बैशाख महिनामा एउटा अन्तराष्ट्रिय टेलिभिजन च्यानल अलजजिराका लागी केही दिन काम गरेको थिए । हाम्रो युनिटमा निर्देशक सुविना श्रेष्ठक्यामारापर्शन एलेक्स र म थियौ । यसपाली क्यामारपर्शन फेरिएका छन । उतिबेला दाङ्ग र काठमाण्डौका केही स्थानमा हामीले चुलो चोली र बन्दुक (A Stove, A Blouse and A Gun) नामक वृतचित्रको छायाङक्न गरेका थियौ । यो वृतचित्र माओवादी आन्दोलनमा महिला सहभागीताका र उनीहरुको अबस्थाका बिषयमा केन्द्रित थियो । काठमाण्डौ लगायतका ठाँउमा मात्र नभएर यो वृतचित्र दक्षिण एसियाका धेरै शहर हुदै युरोपसम्म प्रर्दशनी भएको छ । टेलिभिजनबाट प्रशारण हुदाँ हेर्नेहरुको सख्या त आफ्नै छदैछ ।...
लाग्छ तपाईहरु पनि कतिपयले यसलाई हेरेको हुनुपर्छ । तीनबर्ष पछि उनै पात्र र उही बिषयको खोजीको योजना थियो यसपाली ।

उक्त्त वृतचित्रका निर्माताले दोस्रोभागका लागी पनि काम गर्न योजना सुनाएपछि अनुसन्धानको काम शुरु भएको थियो । पात्रहरु को कहाँ छ भन्ने पत्ता लगाउनुपर्नेअनि उनीहरुका कार्यक्रमबारे जानकारी लिनुपर्ने लगायतका काम सकेपछि काठमाण्डौ छाडने योजना बनेको थियो । त्यसैक्रममा तिन बर्ष पछि त्यहि वृत्रचित्रको दोसो भागका लागी पुरानै पात्रको खोजीमा दाङ्गका साथै रोल्पा र स्याङजामा जानुपर्यो । तिन बर्षपछिको फरक राजनीति परिबेशफरक भुगोल र फरक तयारीमा हामी त्यताँ लागेका थियौ । हाम्रा पात्रहरु थिएक आस्था अर्थात तनहुँकाी सावित्रा दुरागुरुङ प्यूठानकी निश्चल काठमाण्डौमा रहेर बिद्यार्थी राजनीतिमा सकि्रय बिना मगर र माओवादी नेतृ पम्फा भुसाल ।
वृतचित्रका पात्रहरुका बारेमा केही राखौ जस्तो लागेको छ । आस्था नेकपा माओवादी निकट विद्यार्थी संगठनका पूर्व महासचिव पूर्ण पौडेलजो हालसम्म पनि राज्यद्धारा बेपत्ता छन उनकी श्रीमती हुन । तीन बर्ष अगाडी उनी जनसेनाको मोर्चामा खटिएकी थिइन । एउटा बिग्रेडको राजनीतिक कमिसार भएर काम गरिरहेकै बेलामा वृतचित्रका लागी उनका गतिविधी छायाङक्न गरेका थियौ । पश्चिम दाङ्गको बाधमारे इलाकाका गाँउ र जंगलमा उनका सहकर्मी सेनासगका गतिविधी कैद गरेका थियौ । उनी उतिबेला असाध्यै फुर्तिली देखिन्थिइन । न थकाईन भोकन प्यास केही मतलभ थिएन आस्थालाई । उनी आफ्नो राजनीतिक मिसनप्रति प्रतिबद्ध थिइन । तीनबर्ष अधि मैले चिनेकी आस्थाको परिचय यति नै थियो । करिब एक साता जनसेनाको त्यो टोलीसग हामीले दाङ्गमा बिताइएका थियौ ।
ठिक तिन बर्षपछि फेरि उनै आस्थाका पिछा गर्दे हिड्यौ हामी फागुनका तेस्रोसातातिर । यतिबेला उनी जनसेनका मोर्चामा छैनन् । फौजी मोर्चावाट राजनीति मोर्चामा आएकीछिन । सबिधानसभाको सदस्यवाईसिएलको केन्द्रीय सदस्य अनि बेपत्ता नागरिकहरुको आफ्न्तद्धारा गठित समितिमा कि्रयाशिल देखिन्छन् । यस पाली उनको गतिविधीलाई जनतामाझ पुगेका बेला समेटुनु पर्छ भन्ने मेरो आग्रगलाई निर्देशक सुविनाले स्वीकार गरेपछि अलि सजिलो भयो । अनि आस्था संबिधानसभाका अन्य सदस्य सगै जनताको सुझाब संकलन गर्न कास्की र स्याङजा योजनामा थिइन् । हामीले त्यहि मौका छायाङक्नका लागी राम्रो हुने ठानेर उनीसगै गाँउ जाने योजना बनायौ । अनि स्याङजा पुग्ने दिनमा हामी पनि सगै पुग्यौ र उनका सबै गतिविधी लियौ । उनीसगै जनताको सुझाब संकलन गर्न गएका टोलीका सदस्यहरु सोध्यै थिए ुकिन क्यामाराले उहाँलाई फोकस गरिरहेको छ यस्तो प्रश्नमा मैले अधिकाश सभासदलाई तिनबर्ष अगाडीका कथासगै पछिल्लो आस्थाको वृत्रचित्रको अबस्था बताउनुपथ्र्यो । समयको चापका कारण आस्थाको अन्तवार्ता काठमाण्डौमै गर्ने योजना सहित वालीङ नगरपािलकाबाट हामी दोस्रेापात्रको खोजीमा आस्थासग विदाईका हात मिलायौ ।
आस्थाका गतिविधी छायाङक्न गरेपछि हामीलाई रोल्पा पुग्नुपर्ने थियो । रोल्पाको दहवनस्थित जनमुक्ति सेनाको पाँचौ डिभिजनमा थिइन निश्चल । तिनबर्ष अधि आस्थासगै हामीले उनको गतिविधी पनि दाङ्गमा नै खिचेका थियौ । उनी एसएलआर बन्दुक सहित भेटिएकी थिइन उतीबेला । लेफ्टराइटको परेड खेल्दै गर्दा होची कद र बाटुलो मुखकी निश्चल असाध्यै जुजारु देखिन्थिइन् । तिनबर्षपछि उनी कस्ती भै होलीन बन्ने जिज्ञासा सहित उनको खोजीमा खोजीमा हिड्यौ ।
थरुहटको तराईबन्दका कारण हामी रोल्पा जान कठिन हुने आकलन मैले पहिला नै गरेको थिए । भयो पनि त्यस्तैजब वुटवलबाट पश्चिम लाग्यौ ठाँउ ठाँउमा अबरोध भेटिए । कपिलबस्तुको गोरुसिङ्गगेमा पुग्दा हामीलाई करिव एक घण्टा रोकियो । बन्दकर्ताहरुले एम्बुलेन्सविबाह र प्रेसका गाडीलाई समेत रोकेर राखेका थिए । धेरैवेरको प्रयास र प्रहरीको दवाबपछि उनीहरुले हामीलाई अगाडी बढ्न दिए । रातीको आठ बज्नै लागेको थियो त्यहाँबाट हिड्दा । त्यसपछि पनि कैयौ ठाँउमा बाटो रोकिराखेका मानिसहरु भेटिए । उनीहरु सबैलाई आ आफ्नो प्रेसपास देखाउदै हामी अगाडी बढ्यौ । सामान्य मानिसहरुले त दुख पाउन सम्म पाएका थिए । हाम्रो गाडीका डाइभर रधु पनि डराएका थिए केही हुने हो कि उनी भनिरहन्थे । बल्ल बल्ल दाङ्गको भालुवाङ पुगियो । त्यहाँबसेर खाना खादै बन्दको समाचार सम्पादन गर्ने काम गर्यौ । किनभने अर्कोदिन विहानै वन्द र यसले पारेको प्रभावका बारेमा समाचार पठाउन दोहास्थित अलजजिराको कार्यलयले भनिसकेको थियो ।
खाना र काम सक्दा रातीको ११ बजेको थियो । घोराहीमा बासबस्न जाने योजना थियो तर ११ बजेसम्म हामी करिब ५० किलोमिटर टाढा थियौ । हामी भालुवाङ पुग्नुपूर्व त्यहाँका प्रहरी नीरिक्षक गोबिन्द अधिकारीले स्कटिङ गरेर अगाडी लैजाने आश्वसन दिएका रहेछन् अन्य यात्रुहरुलाई । तर राती १२ बजेतिर ति प्रहरी अधिकारीले आफुले सुरक्षा दिएर लैजान नसक्ने बताएपछि हामी आफ्नै ढंगले घोराही तर्फ लाग्यौ । अरु मानिसहरु प्रहरी जे भन्छ त्यहि मान्न बाध्य थिए । प्रहरीको तपाईहरु नजानुस अलि जोखिम छ भन्ने आग्रहलाई वेवास्ता गर्दे हिडेका हामी १ बजेतिर घोराही पुग्यौ । प्रहरीले भनेजस्तो जोखिम भएनलमहीमा भेटिएका बन्दकर्ताले अबरोध पुराएनन् । होटल पहिला नै साथी पवन अधिकारीलेले वुकिङ गराईदिनुभएकाले बस्नलाई केही समस्या भएन ।
अर्को दिन विहान वल्र्डिलंकको कार्यलयबाट समाचार पठाएपछि हामी रोल्पातर्फ लाग्यौ । टेजिभिजनका लागी चाहिने एक दुई मिनेटको भिडियो इमेल मार्फत पठाउन पनिएक दुई घण्टा नै लाग्छ । काठमाण्डौबाट लगेको सानो गाडी रोल्पाको कच्ची बाटोमा जान नसकेपछि अर्को गाडी लिएर दहवन पुगियो । दहवन पुग्दा पाँच बजेको थियो । त्यहाँ पुगेपछि डिभिजन कमान्डर शरदसग केही बेर बिषयबस्तुबारे कुरा गर्यौ । उनले आफ्नो तर्फबाट सहयोग रहने बताए पछि उनकै अनुमतिमा निश्चललाई भेट्यौ र उनका कामको छायाङक्न गर्न शुरु गरियो । करिब २४ घण्टा जनसेनको व्यारेकमा नै बिते । रातमा त होटलमा बास बस्यौ तर बिहान ५ बजेनै व्यारेक पसेर उनका पिटी परेड खिचेका थियौ । एउटा दलित परिवारवाट आएकी उनी उतीबेला असाध्यै भावुक देखिन्थिइन् । तर यसपाली अलि खुलिन् । कुरा गर्न संकोच मानिन् । मनका कुरा खोलिनधेरै समयपछि भेट भएको भएपनि उनले हामीलाई चिनिन् । उतीबेला मैले काम गर्ने पत्रिकामा छापिएको उनको फोटो र समाचार लिएर गएको थिए । उनले एकछिन हेरिन र भनिन ओहो मत दुव्लाएछु । उनले अहिले विबाह पनि गरेकी रहेछिन् । व्यारेकको नयाँ बसाई रमाइलो नै रहेको उनले प्रतिकि्रया दिइन । नयाँ राजनीनित परिबेश र सेना समायोजनमा उनले चासो देखाइन ।
हामीले दहवनमा काम गर्दे गर्दा त्यहाँ कार्यरत युएनका अधिकारीले डिभीजन कार्यलयका सचिवलाई नकरात्मक खबर गरेछन् । उनीहरुले अलजजिरा टिभीलाई धार्मिक र पश्चिममा तथा युएन बिरोधी टिभी भएको भन्दै यस्तो टिभीलाई समाचार दिनु राम्रो नहुने बताएका रहेछन । त्यो जानकारी पाएपछि हामीले पनि काठमाण्डौस्थित अनमिनको कार्यलयलाई ति अधिकारीले हाम्रेा काममाबाधा पुराएको भन्दै इमेल पठायौ । त्यसपछिको अपडेट भएन । ति अनमिनका अनुगमनकर्ताहरुले जनसेनका शिबिरमा बसेर अमेरिकाको गुनगान गाईरहेको आभास भयो मलाई । उनीहरुको सिएनन र वीवीसीलाई समचार दिन हुने अलजजिरालाई दिन नहुने भन्नुको आशय सायद यहि हो ।
अर्को दिन काम सकेर कमान्डरहरु सग बिदा हुदै साँझतिर पुनः घोरही बाँस बस्न आइयो । अर्कोदिन काठमाण्डौ फर्कने योजना थियोतर वन्द खुलेको थिएन् । तै पनि प्रेसका मानिस जान सकिएला भनेर विहानै ६ बजे घोराहीबाट काठमाण्डौका लागी अगाडी बढियो । जादाँ भन्दा फर्कदा कैयौ धेरै ठाँउमा अबरोध बढी थियो । ति छिचोल्दै अगाडी बढियो । तर वुटवल आएपछि नारायणगढ भएर काठमाण्डौ जान सम्भब थिएन । आन्दोलनले चितवनमा तीन जनाको ज्यान गैसकेको कारण चितवन तातेको थियोत्यसकारण पोखरा हुदै काठमाण्डौ फर्कने योजना बन्यो । पोखरा आउदाँ ४ बजेको थियो । विहानको खाना खाएका थिएनौसाढे चार बजेतिर बिहानको खाजा खायौ । केही वेर साईवर बसेपछि एउटा कोरियन लजमा बास बस्न गयौ । लेकसाइडमा कोरियाका नागरिकले लज चलाएका रहेछन् । काठमाण्डौबाट हिडेका १९ फागुनमा हामी पोखरा बास वस्न पुगेका थियौ । एक साता पछि फर्कदा पनि पोखरामा नै बास बस्यौ ।
अर्कोदिन बिहान काठमाण्डौका लागी हिड्यौं । फरक परिस्थिती फरक समय फरक शैली जे भएपनि एउटै मुद्धाका लागी तिनबर्षपछि तिनै पात्रको खोजीमा हिड्दा नयाँ अनुभुतिको महशुस भैरहेको छ । सहयोगका लागी सबैलाई धन्यवाद ।
नेत्र पन्थी, काठमाण्डौ
१४ मार्च २००९
१ चैत्र २०६५

No comments: