Wednesday, February 11, 2009

काठमाण्डौको नयाँ संस्कृति- 'नो फेम्ली नो रुम’

काठमाण्डौ मेरो पुर्खोली घर भएको ठाउ होइन । मेरो नजरमा नेपालको राजधानी मात्र हो काठमाण्डौ । नामका लागी राजधानी हो तर, यहाँको अबस्थाले यो ठाउ कुनै पनि मुलुकको राजधानी बनाउन लाएका छैन । तर, यो नेपालको राजधानी चाही हो । मैलै व्यख्या गरिहनुपर्नेन् यहाँको अबस्थाको । यहाँको बाटोघाटो, यहाँको मंहगी, यहाँको खानेपानी समस्या, यहाँको शिक्षा, स्वास्थ्य अनि बेरेाजगारीलको अबस्था राम्ररी चिनेका छन सबै नागरिकले । यस्ता पिडा नभोग्ने केही मानिस होलान तर, त्यो सख्या सिमिति नै छ । तै, पनि सिमित काम र सुविधाका लागी काठमाण्डौ आउनै पर्ने बनाएको छ यहाँको राज्यसत्ताले । अनि सम्झे जनताले यहाँको राज्यसत्ता बिरुद्ध बन्दुक बोकेर विद्रोह गरेका दिनहरु । सबै आउने ठााउमा म पनि आउने कुरा अनौठौ भएन ।...
कुरा चाही अलि बेग्लै छ । बिदेशमा बस्ने धेरै साथीहरु मेरा व्लग पढ्नुहुन्छ अनि प्रतिक्रिया आउछ् । त्यसैले उहाँहरुका लागी पनि ब्ल्गमा कथा लेख्छु र यहाँका समस्या अबगत गराउने प्रयत्न गर्दछु ।
आज म कोठा सरेको दिन हो । त्यसैकारण नयाँ घरको नयाँ कोठामा बसेर यो कथा कोर्देछु । नयाँ घर सरेकै दिन लोडसेडिङ भएको छ । कुरा कोठाको भएपछि अरु लेख्ने त प्रशग नै भएन । म दुईबर्ष पछि कोठा सरेको छु अनि मन लाग्यो कथा लेख्ने । 'मैले घर बिक्री गरे,नयाँ मानिस आउदैछन् पुसको अन्तयतिर घरमालिकले एकबिहानै भने 'एक महिना भित्र कोठा खाली गरिदिनुहोला है ?' अर्काको घरमा बसेको नाइनास्ती गर्ने कुरा भएन 'हस् दाजु' भने । 'ल भाई हामी पनि सर्ने हो,दुख नमान्नुहोला' र्फकने बेला घरबेटी दाईले अर्का कोठा खोज्न पर्ने भएर सान्तना दिदै भने । अर्काको घरमा बसेपछि नियमित भाडा बुझाउन त पर्ने नै भो त्यस बाहेक उनीहरुको अनुकुलतामा बस्नुपर्ने अर्को समस्या पनि भैहाल्दो रहेछ । सायद सबैको यस्तै हो ।
कोठा सर्नुपर्ने भएपछि नयाँ कोठा खोज्न लागे माघको शुरु देखि नै । साथी नविन विभास र अरुणा रायमाझी पनि कोठाको खोजीमा थिए । अलि दिन उहाँहरुसग पनि हिडियो । कोठा कतै पाउने संकेत छैन । खोज्दै जाादा कोठा मिल्छ, फ्ल्याट मिल्छ घर मिल्छ । तर,बस्ने कुरा गर्दा 'मिल्दैन' भन्छन घरवेटी भनाउदााहरु । 'हामीले त फेम्लीवालालाई दिने हो ? केटी मान्छेलाई दिने हो ? केटाहरुलाई दिदैनौ ।' जहाँ पुग्दा पनि घरबेटी भनाउदााको यस्तै कुरा हुन्छ ।' केटाहरु लाई यिनीहरु के सम्झन्छन ? के यिनका घरमा छोराहरु छैनन् वा हुदैनन् । विहे गर्ने उमेर नहोला वा परिस्थिती अनुकुल नभएर बिहे नभएको होला ? कोठा भन्दा पहिला श्रीमती खोज्नुपर्ने यो कस्तो बिडम्वना भित्राउदै छन घरबेटीबाहरु । दिक्क लाग्दो छ यहाँको सस्कृति । अझ भाडामा बस्नेहरुलाई त कतिपय घरबेटीहरु सुकुम्बासी नै सम्झन्छन होला । उनीहरु सोच्दा हुन यि मानिसको कतै घर हुदैन् । गााउघर होस वा काठमाण्डौ बाहिरका शहरमा त सबैका घर हुन्छन भन्ने कुराको पनि हेक्का राख्दैनन् यहाँका घरबेटीहरु ।
काठमाण्डौका घरबेटी कस्ता मानसिकता बोकेका छन ? मलाई अचम्म लाग्छ । उनीहरुको बिवेकले काम गर्देन कि क्या हो, आफ्ना छोराछोरी बिग्रने ठााउ घर हो पो भन्ठानेका छन् । घरमा केटा बसे छोरीलाई समस्या आउने देख्छन् । गर्नुपर्ने भए किन घरमा नै गर्लान र बगैचा छन, होटल छन त्यतै जालान नि तिमीहरुका छोरीहरु । घरवेटी बाहरु कुरा यस्तै होइन र ? कोठामा बस्ने केटाहरुको पेशा त नसोधी घर दिने कुरै भएन ।
एक महिनाको प्रयास पछि बल्ल बल्ल दुई वटा कोठा भेटियो । भाडा त भनिहरनु परेन सस्तो हुने कुरा भएन । संयोग मान्नुपर्छ मैले भाडामा खोजेको घर मालिक अमेरिका बस्छन् । उनका छोराछोरीहरु पनि उतै होलान त्यसैले त घर दिएकी भन्ने छ । तर, यसो नहोला पनि । नयाँ घरमा पनि पानीको समस्या छ । त्यो त प्राबिधिक कुरा हो हल गरौला । अन्त्यमा काठमाण्डौको नयाँसस्कृतिको प्रति मेरो असहमती कायमै छ । 'नो फेम्ली नो रुम' सस्कृतिको अन्त्य हुनैपर्छ । खाली कोठामा जो भएपनि बस्न पाउनैपर्छ । पत्रकारीताको भाषामा 'मोफसलका नागरिक' का लागी काठमाण्डौ सजिलो छैन । नयाँ कोठाको बसाई कति हुन्छ, निश्चित छैन ।

नेत्र पन्थी, काठमाडौं
माघ २८, २०६५
१०, फेबु्रअरी २००९

1 comment:

Anonymous said...

साथीलाई धेरै बधाई छ । राम्रो लागेपछि कमेन्ट नलेख्नु रेष्टुरेन्टमा खाएर टिप्स् नदिनु बराबर असभ्यता ठहर्छ । धेरै मिठो छ लेखाई । मैले नढाँटी भन्दा वरिपरीका साथीलाई तपाईको ब्लग पढेर सुनाए सबैले वाहावाही गरे ।