Sunday, July 25, 2010

जनयुद्धमा प्रेम र यौन

प्रेम भनेको नियमित आकस्मिकताको प्रश्न हो । जुन निश्चित भौतिक आधारभित्र आकस्मिक रूपमा हुन्छ । यति हुादाहुादै पनि प्रेम, यौन, विवाह र कम्युनिस्ट नैतिकताका सम्बन्धमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र लामो समयदेखि छलफल चल्दै आएको छ । यति हुादा पनि प्रेम, यौन र विवाहका विषयमा थुपै्र अन्योल र जटिलता अहिलेसम्म कायम छन् ।
'कम्युनिस्ट पार्टीका सदस्यले गर्ने प्रेम होस् वा विवाह, सामान्य र परम्परागत विवाहभन्दा पृथक हुन्छ' सामान्य बुझाइ हो यो । सामान्य बुझाइ सामान्य परिवेशमा लागु हुनु स्वाभाविक हो । तर, क्रान्तिभित्र प्रेम, यौन र विवाह भन्ने विषयचाहिा सामान्य होइन र हुन पनि सक्दैन ।...

'प्रेम, यौन र क्रान्ति' अन्तरसम्बन्धित छन् । सशस्त्र सङ्घर्षको दौरानमा कम्युनिस्ट पार्टीका सदस्यले प्रेम गर्ने, प्रेमलाई विकसित पार्दै त्यसलाई विवाहसम्म पुर्‍याउने र विवाहपछिका सहकार्यका दिन सजिला हुादै हुादैनन् । यो सामान्य सैद्धान्तिक मान्यतामात्र रहेन नेपाली कम्युनिस्टवृत्तमा । बरु यसको प्रयोग भइसकेको छ, दसवर्षे जनयुद्धभित्र । माओवादीले चलाएको क्रान्तिका दौरानमा हजारौं पार्टी सदस्यले यसको प्रयोग गरे ।
क्रान्तिको बेला काधमा बन्दुक बोकेर हिाड्दा हिाड्दै प्रेमको स्वाद लिए धेरै छापामारले । सेल्टरलाई नै आफ्नो प्रेमको 'डेटिङ स्पोर्ट' बनाए धेरै माओवादी कार्यकर्ताले । 'सेल्टरमा सेक्स' सम्मका कुरा उठे  यही बेला । पार्टीलाई अभिभावक र क्रान्तिलाई आफ्नो जीवन मानेर विवाह गरे कैयौंले । बन्दुक साटे अनि निरन्तर युद्धमा सर्मपित हुने प्रतिबद्धता व्यक्त गरे विवाह समारोहमा । त्यस्तै कठिनपूर्ण यात्राकै क्रममा युद्धभित्र नै बालबच्चा जन्माए कैयौं योद्धाले । काखमा बच्चा र बन्दुक बोकेर युद्धको यात्रामा समाहित भए कैयौं छापामार ।
युद्ध नापे तौलेजस्तो हुने कुरा होइन र जनयुद्ध पनि नापे तौलेजस्तो भएन । अनेकौं अवरोध र बाधाहरूबीच जनयुद्ध हुकिर्ंदै थियो । जनयुद्धमार्फत माओवादीले राजनीतिक र फौजी उपलब्धि प्राप्त गर्‍यो । सदरमुकाम कब्जादेखि अरू ठूला फौजी मोर्चामा सफलता हासिल गरेर छापामार र्फकंदा पार्टीपंक्तिमा उमङ्ग आउाथ्यो । ती कठिन र अति जोखिमपूर्ण मोर्चामा पार्टीले 'जितेको' हुन्थ्यो तर व्यक्तिगत रूपमा कसैका लागि ती मोर्चा अपूरणीय क्षति बन्न पुग्थे । पार्टीको जितमा आफ्नो हार महसुस गर्थे उनीहरू । हास्दै-हास्दै लड्न गएका कैयौं छापामार आउादा रुादै फर्केका हुन्थे । 'जितभित्र हार' को महसुस गर्थे उनीहरूले । सकुशल र्फकने आशा बोकेर लड्न गएका जोडी (श्रीमान्-श्रीमती) र्फकंदा सागै हुन पाएनन् । एउटै होस् वा फरक-फरक मोर्चामा कैयौं छापामारले आफ्नो जीवनसाथीलाई गुमाउन पुगे । जीवनसाथी गुमाउादाका अभावबारे ती पात्रका अनुभूति निकै ओजनदार र मर्मस्पर्शी हुदारहेछन् । जीवनसाथी गुमाउनुले जतिसुकै वैचारिक पक्षमा कुरा गरे पनि उनीहरूले सधैं आफ्नो जीवनसाथीको भौतिक र आत्मीय अभाव खेपिरहेछन् । यही एक्लोपनको अभाव खड्किन नदिन पुनर्विवाह गरे तिनीहरूले । जसलाई माओवादीले स्वीकृत नै दिएको थियो ।
जनयुद्ध थियो, सबै कुरा बुझ्ने र राख्ने समय भएन वा फरक-फरक कार्यक्षेत्रका कारण सम्भव रहेन । छोटो समयको प्रेम सम्बन्ध र आपसी बुझाइका आधारमा धेरैले लगनगाठो जोडे जनयुद्धमा । तर, अपेक्षाअनुसारको वैवाहिक जीवन अगाडि बढाउन सकेनन् कैयौंले । अनि फेरि नया निर्णय लिए र उनीहरूले सम्बन्धविच्छेद गरे । अनि कमरेडली सम्बन्धलाई मात्र निरन्तरता दिए । यस्ता दर्जनां घटना देखिए जनयुद्धभित्र । मानवीय स्वभाव सबैमा हुन्छ । कम्युनिस्ट पार्टीको सदस्य होस वा गैरकम्युनिस्ट । सैद्धान्तिक बुझाइ मजबुत हुादाहुादै पनि मानिसमा विचलन देखापर्दोरहेछ । यो सिंगो जनयुद्धको दौरानमा पनि देखा पर्‍यो । केन्द्रदेखि जिल्ला हुादै सामान्य कार्यकर्तामा पनि सांस्कृतिक विचलन देखियो । कोही पर्दाबाहिर आए, कोही भित्रभित्रै मिले । युद्ध लडेको माओवादीभित्र निकै ठूलो बहस भयो यो विषयमा । कैयौं नेता-कार्यकर्ता कारबाहीका भागीदार बने विचलनको आरोपमा । सांस्कृतिक विचलन र कारबाही प्रकरणले जनयुद्धका कैयौं आयमलाई ओझेलमा पार्‍यो पनि । यसैकारण कैयौं नेता-कार्यकर्ताले राजनीतिक फाटमा धक्का खानु पर्‍यो पनि । 
माओवादीले जनयुद्धलाई राजनीतिक, आर्थिक, फौजी, सांस्कृतिकलगायतका पक्षको युद्धका रूपमा बुझ्दै 'समग्र युद्ध' का रूपमा परिभाषित गरेको थियो । जनयुद्धका राजनीतिक र फौजी पाटा सतहमै आए । यसका उपलब्धि हातैहात देखापरे पनि नेपाली राजनीतिमा । तर, सांस्कृतिक पाटो र त्यसमा पनि जनयुद्धको दौरानमा स्वयम् युद्धक्षेत्रमा खटेकाले गरेका प्रयोगका बारेमा कमै कुरा बाहिर आए । अझै पनि ती प्रयोग र आफ्ना भोगाइका अनुभवबारे खुलेर कुरा गर्न मान्दैनन्, युद्ध लडेका माओवादी कार्यकर्ता ।
जनयुद्धभित्र प्रेम, विवाह र यौनका साथै पुनर्विवाह अनि सम्बन्धविच्छेद ।कम्युनिस्ट र नैतिकतासाग जोडिएका सैद्धान्तिक पक्षका साथै युद्धभित्र यी विषयका भोगाइ र अनुभव पुस्तकले समेट्न खोजेको छ । यिनै विषयवस्तु समट्ने र जनयुद्धको एउटा पाटो खोतल्ने कोसिसका रूपमा यो पुस्तक लेख्ने र सम्पादन गर्ने जमर्को गरेको छु । जुन कति पर्याप्त, कति तथ्यपूर्ण र रोचक छ, यो पाठककै जिम्मामा छ ।
आफ्नो जीवन भोगाइका अनुभव शब्दमा उतार्ने पुस्तकमा समेटिएका सम्पूर्ण पात्र, खोजमूलक रिपोर्ट दिनुहुने दाजु रेवती सापकोटालगायतका साथीलाई धन्यवाद टक्रयाउाछु । पुस्तकको आवरण निर्माण गरिदिने साथी दीपक गौतम, शुद्धाशुद्धि्र हेरिदिनुहुने दीपेन्द्र राई र ले-आउट गरिदिने सुरेन्द्र चालिसेलाई पनि धन्यवाद ।
पुस्तक सम्पादनमा सहयोग गर्ने साथी नवीन विभासलाई हार्दिक आभार ।
सामग्री संकलन र अनुसन्धानकार्यमा विशेष सहयोग गर्नुहुने मित्रहरू लेखनाथ न्यौपाने, अरुणा रायमाझी र ज्योति शर्मालाई विशेष धन्यवाद । पुस्तक लेखनदेखि प्रकाशनसम्म सहयोग गरिरहने दाजु छन्द पन्थी र भाइ माधव पन्थीलाई हृदयदेखि नै धन्यवाद ।
अन्त्यमा यो पुस्तक पढेर आफ्ना अमूल्य सुझाव दिई अर्को संस्करणलाई थप ओजपूर्ण बनाउन सहयोग गर्नुहुने सबै पाठकवर्गमा अनुरोध गर्दछु ।
–नेत्र पन्थी
२०६६ कात्तिक १५

No comments: